काठमाडौँ । नेपाली टोलीबाट मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपको फाइनल नेपाली टिमको प्रशिक्षकको रुपमा आफ्नो अन्तिम खेल हुने बताएका छन् ।
बंगलादेशविरुद्धको खेल १-१ गोलको बराबरी खेल्दै नेपाली टिमलाई फाइनलमा पुर्याएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै फाइनल खेल नेपालको प्रशिक्षकको रुपमा अन्तिम खेल हुने बताउदै आफु अब नेपाल नफर्किने पनि बताएका हुन् ।
नेपाली मिडियाले आफ्नो नामको दुरुपयोग गरेको आरोप लगाउदै प्रशिक्षक अलमुताइरीले आफुले प्रशिक्षकको पद छोड्ने बताएका छन् ।
उनले भने- 'पछिल्लो तीन दिन मेरो लागि तनावपूर्ण भयो । केहि पत्रकारले मेरो नाममा पैसा बनाइरहेका छन् । हामीले इतिहास बनाएका छौं । फाइनल खेल मेरो नेपाली राष्ट्रिय टिमसँग अन्तिम खेल हुने छ ।'
भारतविरुद्धको खेलमा बढी डिफेन्सिभ खेलेको भन्दै उनको आलोचना पनि भएको थियो ।
यसअघि पनि प्रशिक्षक अलमुताइरी एन्फाका पदाधिकारीसँग विवादमा परेका थिए ।