• २०८१ बैशाख ४ मंगलबार

टी-२० विश्वकप खेल्ने भारतीय टिममा एक परिवर्तन

kharibot

काठमाडौँ । आइसीसी टी-२० विश्वकप खेल्ने भारतीय टिममा एक परिवर्तन गरिएको छ ।

विश्वकप खेल्ने भारतीय टिममा अलराउन्डर अक्सर पटेलको ठाउमा शार्दुल ठाकुरलाई अवसर दिइएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ ।

अक्सरलाई १५ सदस्यीय टिमबाट हटाएर स्ट्याण्ड बाइ खेलाडीको सूचीमा राखिएको छ ।

त्यस्तै भारतीय टिमको अभ्यासमा केहि थप खेलाडी सहभागी हुने बोर्डले जानकारी दिएको छ । अभ्यास खेलमा सहभागी हुन आइपिएलमा राम्रो प्रदर्शन गरेका आवेश खान, हर्षल पटेल, वेंकटेश अय्यर रहेका छन् भने  करण शर्मा, शाह्बाज अहमद, उमरान मालिक, लुकमान मेरीवाला र के गौतम  पनि रहेका छन् ।

विश्वकप खेल्ने भारतीय टिममा विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), केएल राहुल, सूर्यकुमार यादव, रिषव पन्त (विकेटकिपर), इशान किशन, हार्दिक पाण्डेय, रविन्द्र जडेजा, राहुल चहर, रविचन्द्रन आश्विन, शार्दुल ठाकुर, वरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार र मोहमद सामी रहेका छन् ।

त्यस्तै स्ट्याण्ड बाइ खेलाडीमा श्रेयस अय्यर, दीपक चहर र अक्सर पटेल रहेका छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै