काठमाडौँ । साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशले पहिलो हाफमा नेपालविरुद्ध १-० गोलको अग्रता लिएको छ ।
बंगलादेशले खेलको नवौं मिनेटमा गोल गर्दै नेपालविरुद्ध १-० गोलको अग्रता लिएको हो । बंगलादेशका लागि सुमोन रेजाले गोल गरेका हुन् ।
नेपालले केहि राम्रा गोल गर्ने अवसर सिर्जना गरेपनि गोल गर्न असफल भएको थियो ।
फाइनलमा पुग्न बंगलादेशलाई यो खेल जित्नै पर्ने अवस्था छ भने नेपालले भने बराबरी खेलेमा पनि फाइनल पुग्ने छ ।