• २०८१ बैशाख ४ मंगलबार

सिमेओनेले मेसीलाई भित्र्याउन प्रयास गरेको खुलासा

kharibot

काठमाडौँ । एटलेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमेओनेले लियोनेल मेसीलाई भित्र्याउन प्रयास गरेको खुलासा गरेका छन् ।

एक म्यागेजिनसँग कुरा गर्दै सिमेओनेले मेसी बार्सिलोनाबाट बाहिरिने निश्चित भएपछि उनको सम्मान गर्दै एटलेटिकोमा भित्र्याउने प्रयास गरेको बताएका हुन् ।

अर्जेन्टिनाकै पुर्ब खेलाडी सिमेओनेले आफुले मेसीलाई सिधै फोन नगरेको बताउदै उनका मिल्ने साथी लुइस स्वरेजसँग यस विषयमा कुरा गरेको बताए । 

उनले भने-'मैले मेसीसँग सिधै कुरा गरिन, तर मैले स्वरेजसँग कुरा गरेको थिए । मैले स्वरेजसँग मेसीको अवस्था बारे सोधेको थिए । मेसीको सोचाइको बारेमा कुरा भएको थियो ।'

सिमेओनेले अगाडी भनेका छन्- 'यदि मेसी एटलेटिको आउने अलिकति वा काल्पनिक सम्भावनाका बारेमा कुरा भएको थियो । तर तीन घण्टामा नै मेसी पिएसजी जाने निश्चित भएको थियो ।'

सिमेओनेको प्रयास छोटो समयमा नै असफल भएपनि उनको मेसी र स्वरेजलाई एक ठाउमा बनाउने इमान्दार प्रयास भएको विश्लेषण गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै