• २०८१ बैशाख ८ शनिबार

नेपाली उत्पादन गोल्डस्टार जुत्ताको अमेरिकी बजारमा प्रवेश

kharibot

काठमाडौँ । नेपालमा सर्वाधिक रुचाइएको सर्वप्रिय जुत्ता – गोल्डस्टार सुजले अब संयुक्त राज्य अमेरिकामा उपभोक्ताहरूले खरिद गर्ने गरी आधिकारिक रुपमा बजारप्रवेश गरेको छ ।

गोल्डस्टार जुत्ताको निर्माता तथा उत्पादक(वितरक कम्पनि किरण सुज म्यानुफ्याक्चरर्सले संयुक्त राज्य अमेरिकामा आधिकारिक वितरक नियुक्त गरी अमेरिकी बजारमा आफ्नो विक्री-वितरण सुरू गर्ने भएको छ ।

न्यूयोर्कमा आयोजित आधिकारिक कार्यक्रममा किरण सुज म्यानुफ्याक्चरर्सका अध्यक्ष आमिर प्रताप जबराले गोल्डस्टार जुत्ता संयुक्त राज्यभरका निर्दिष्ट स्थानहरूबाट उपलब्ध हुने घोषणा गरेका हुन् ।

कार्यक्रममा बोल्दै राणाले भने- 'हामी संयुक्त राज्य अमेरिकामा संसारकै सबैभन्दा अग्लो स्थानमा बनेका डिजाइनहरू ल्याउने कुरामा गर्व गर्दछौं । गोल्डस्टार व्यापक रूपमा नै दैनिक रूपमा प्रयोग हुने ब्रान्डको रूपमा परिचित छ। सबै क्षेत्रमा मानिसहरू, सबैजसो आर्थिक अवस्थाका उपभोक्ताहरूले गोल्डस्टारलाई एक किफायती ब्रान्डको रुपमा छनौट गरेका छन् । गोल्डस्टारको प्रमुख मोडल ०३२ भेरियन्टले नेपालमा ठूलो चर्चा पाएकै हो । र हरेक पुस्तालाई हामीले

सफलतापूर्वक गोल्डस्टार जुत्ता मोडेलहरु प्रस्तुत गरेका छौँ जसलाई प्रत्येक नेपाली नागरिकले धेरै टिकाउ, किफायती, सहज र आकर्षक जुत्ताका रूपमा हेर्नुहुन्छ । हाम्रो अनुभवको तीन दशकको समयमा दुई महाद्वीपहरू पार गरी हामी अब संयुक्त राज्य अमेरिकामा आइपुगेका छौं। यो सबैभन्दा गर्वको कुरा हो र हामी अमेरिकामा पनि आकर्षक जुत्ताहरू ल्याउने कुरामा प्रतिबद्ध लागिपर्नेछौं ।'

कार्यक्रममा उपस्थित अतिथिहरूमध्ये मुख्य अतिथि बिष्णुप्रसाद गौतम, नेपालका कार्यवाहक महावाणिज्य दूत, विशेष अतिथि गोल्डस्टारबाट कार्यकारी निर्देशक विदुषी राणा, ग्रेटर न्यूयोर्क चेम्बर अफ कमर्सका अध्यक्ष  मार्क ज्याफ पनि उपस्थित थिए । 

महावाणिज्यदूत गौतमले खुसीको यो पललाई सबै नेपाली, नेपाली उद्यमी र व्यापारिक समुदायका लागि गर्वको क्षण हो र एउटा नयाँ आयाम आएको भन्दै अबका दिनमा झन् धेरै लगाव र प्रतिबद्धताका साथ नेपाली उत्पादनहरु विश्वव्यापी उचाईमा पुग्ने विश्वास व्यक्त गरे ।

किरण सुज म्यानुफ्याक्चरर्सकी कार्यकारी निर्देशक विदुषी राणाले भनिन्, 'हाम्रो मेहनतले आज सात समुद्र पार गरेको छ । हामीले सामाजिक सञ्जालमा गोल्डस्टार जुत्ताप्रतिको आकर्षण देखेकै थियौं, र आज त्यो आकर्षणलाई नै लिएर हामी अमेरिका आइपुगेका छौं । दैनिक प्रयोग हुने जुत्तालाई कसरी हरेक नागरिकमा पुर्‍याउने भन्ने हाम्रो हरेक दिनको लक्ष्य हुन्छ । आज अमेरिकामा आइपुग्दा पनि हाम्रो लक्ष्य मानिसहरूको विश्‍वास र उपभोक्ताको चाहना पूरा गर्नु नै छ।'

साथै ग्रेटर न्यु योर्क चेम्बर अफ कमर्सका अध्यक्ष र सीईओ ज्याफले गोल्डस्टारलाई अमेरिकामा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै भने- 'म पक्का छु कि यसले अमेरिकीहरूको मन जित्नेछ। उपभोक्ताहरूका लागि, आरामको एक जुत्ता किन्नु नै पहिलो चाहना हो, यदि यो चाहना गोल्डस्टारले पूरा गर्ने सक्छ भने नाइकी जस्तै ब्रान्डसँग समेत प्रतिस्पर्धा गर्न सक्छ ।'

मेरील्याण्ड हाउस अफ डेलीगेट्सका सदस्य ह्यारी भण्डारीले गोल्डस्टार टोलीलाई अमेरिकी बजारमा प्रवेशका लागि बधाई र सफलताको शुभकामना व्यक्त गर्न एक विशेष भिडियो सन्देश प्रस्तुत गरेका थिए । कार्यक्रममा उपस्थित अधिकांश नेपाली समूहहरू, कमिटीहरू र सङ्गठनहरूका शीर्षहरूले पनि अमेरिकामा आधिकारिक रुपमा उपलब्ध गोल्डस्टार जुत्ताको बजारप्रति सकारात्मक सन्देश प्रस्तुत गरेका थिए । 

गोल्डस्टार जुत्ता: एक संक्षिप्त इतिहास

गोल्डस्टारको जुत्ता स्वर्गीय नूर प्रताप जबराको यस्तो परिकल्पना हो, जुन सबै नेपाली घरहरूमा सस्तो तर टिकाउ जुत्ता ल्याउने सपना हो। यही परिकल्पनालाई साकार बनाउन किरण सु म्यानुफ्याक्चरर्सले सन् १९९० देखि गोल्डस्टार जुत्ताको निर्माण गर्न थालेको हो, र यी सुलभ मूल्यका जुत्ताहरू तुरुन्तै नेपालमा सबैभन्दा लोकप्रिय जुत्ता बन्न पुगेका हुन् ।

विश्वव्यापी डिजाइनहरू नेपालमा प्रवेश गरेपछि गोल्डस्टारले पनि सजगतापूर्वक आफ्ना डिजाइनहरू पुनरावलोकन गरी नयाँ डिजाइनहरू प्रस्तुत गर्न सुरू गरेको हो जसको उदाहरण गोल्डस्टारको जी १० सिरिज, गोल्डस्टारको आधुनिक स्नीकर शैलीको जुत्ताबाट पेश गरियो र सबैका लागी नयाँ जुत्ताहरू प्रस्तुत गरियो । 

गोल्डस्टार ग्लोबल हुँदै छ

गोल्डस्टार जुत्ताले २००० को सुरुमा भारतमा आफ्नो व्यापार क्षेत्र विस्तार गर्यो। यसको मूल्य दायरा भारतीय मजदुर वर्गका नागरिकहरुलाई मेल खाने हुँदा गोल्डस्टारले भारतमा राम्रो चर्चा पायो । गोल्डस्टार जुत्ता अष्ट्रेलियामा, जापान र कतारमा पनि विस्तार भइसकेको छ ।

गोल्डस्टार जुत्ता अब अमेरिकी क्षेत्रमा पनि विक्री हुन थालेको छ ।गोल्डस्टार एक दैनिक प्रयोग हुने जुत्ता हो, र दैनिक उपभोगका लागि यो अमेरिकी उपभोक्ताका लागि पनि उपयुक्त हुन्छ । 

महिला नै मुख्य हुन्

विदुषी राणा, उच्च आशा र आकाङ्क्षा भएकी महिला हुन् जसले गोल्डस्टारको उत्पादन देखि बजारप्रवर्धनसम्म एक उत्कृष्ट टोलीको नेतृत्व गर्छिन् । त्यति मात्र नभई गोल्डस्टारको फ्याक्ट्रिमा ६० प्रतिशतभन्दा बढी महिलाहरु छन्- महिलाहरु जसले राष्ट्रिय द्वन्द्व देखेका छन्, जो उचित शिक्षाबाट वञ्चित छन्, दुर्व्यवहार वा दुख देखेका छन्, वा परिवारको एकमात्र कमाउ व्यक्तिका रूपमा काम गर्छन् ।

यी महिलाहरुलाई गोल्डस्टार फ्याक्ट्रिमा निस्शुल्क तालिम दिइन्छ, रोजगार प्रदान गरिन्छ, र उनीहरुको कार्यदक्षताअनुरूप फ्याक्ट्री इन्चार्जसम्म जिम्मेवारी पुगिसकेको छ। यिनै महिलाहरूका डिजाइन, उत्पादन, र यी महिलाहरुको प्रयास अब संयुक्त राज्य अमेरिकामा पनि पुगेको छ। 

विश्वको उच्च स्थानबाट

गोल्डस्टार जुत्ता नेपाली भूभागलाई ध्यानमा राखेर निर्माण गरिएको हो। नेपालका अग्ला पहाडहरु र अधिकतम चट्टानी पहाडी भूभागहरुले बलियो र टिकाऊ जुत्ताको माग गर्दछ। यी पाठहरुलाई ध्यानमा राखी तयार प्रत्येक गोल्डस्टार जुत्ता मोडेल आकर्षण, भरपर्दो, टिकाऊ र बलिया छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै