• २०८१ बैशाख ६ बिहीबार

एलन मस्कले बेजोसलाई ट्रोल गरेपछि...

kharibot

काठमाडौँ । विश्वका दुई धनि एलन मास्क र जेफ बेजोसबीच सामाजिक संजालमा फेरी एक पटक भिडेका छन् ।

जेफ बेजोसले १९९९ को एक मिडिया रिपोर्टको तस्बीर सार्बजनिक गरेका थिए । जसमा उनको इकमर्स कम्पनि अमेजन सफल नहुने र बर्बाद हुनेतर्फ गएको मिडिया रिपोर्ट प्रकाशित भएको थियो ।

सो ट्वीटमा मस्कले जवाफ दिदै सिल्भर मेडलको इमोजी उल्लेख गर्दै ट्रोल गरेका छन् । जसको अर्थ दोस्रो नम्बर भन्ने हो । मस्कले बेजोसलाई दुई नम्बरमा रहेको भन्दै व्यंग गरेको विश्लेषण गरिएको छ ।

अहिले ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार मस्क विश्वको सबैभन्दा धनि रहेका छन् । अहिले मस्कको कुल सम्पत्ति २२२ बिलियन डलर रहेको छ भने बेजोसको १९१.६ बिलियन डलर रहेको छ ।

पछिल्लो साता टेस्ला र स्पेसएक्सको शेयर मुल्यमा व्यापक वृद्धि भएपछि मास्कले बेजोसलाई पछि पर्दै विश्वको धनि व्यक्ति बनेका छन् ।

मस्क र बेजोसबीच समय समयमा सामाजिक संजालमा यस्तो टकराव हुने गरेको देखिएको छ । दुवैका खासगरी स्पेस कम्पनिबीच प्रतिष्पर्धा रहेको छ । दुवैले अन्तरिक्ष पर्यटनका लागि स्पेसमा जाने प्रतिष्पर्धा गरिरहेका छन् । नासाको एक अन्तरीक्ष कार्यक्रमका लागि मस्कको कम्पनिले पाएको अर्बौं डलरको ठेक्काको बेजोसले विरोध गर्दै आएका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै