काठमाडौँ । युरोपको विश्वकप फुटबल छनौट अन्तर्गत पोर्चुगलले लक्जेम्बर्गलाई फारकिलो गोल अन्तरले पराजित गरेको छ ।
गएराती सम्पन्न समुह ए अन्तर्गतको खेलमा पोर्चुगलले लक्जेम्बर्गलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । रोनाल्डोले खेलको ८औं, १३औं र ८७औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । यो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलमा १०औं ह्याट्रिक हो । योसँगै रोनाल्डोको अन्तर्राष्ट्रिय गोल संख्या ११५ पुगेको छ । रोनाल्डोले १८२ खेलमा ११५ गोल गर्दै सबै भन्दा बढी गोल गर्ने खेलाडीको रुपमा अगाडी बढाएका छन् ।
त्यस्तै पोर्चुगलको जितमा ब्रुनो फेर्नानडेज र जोआओ पल्हिन्हाले एक एक गोल गरेका थिए ।
यो जितपछि पोर्चुगलको समुह ए मा ६ खेलमा १६ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । यस समुहमा सर्बिया ७ खेलमा १७ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै लक्जेम्बर्गको ६ खेलमा ६ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।