• २०८१ बैशाख १२ बुधबार

छोरालाई जमानत दिलाउन नसकेपछि शाहरुख खानले बदले वकिल !

kharibot

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानक छोरा आर्यन खानको जमानतको प्रयास अहिले पनि जारी रहेको छ । हाल मुम्बईस्थित आर्थररोड जेलमा रहेका आर्यन खानको जमानतका लागि शाहरुख खानले आफ्नो वकिल बदलेका छन् ।

सेशन कोर्टमा दिएको निवेदनको आज सुनुवाई हुदै छ । यस अघि आर्यनको केस वरिष्ठ वकिल सतिश मानशिंदेले हेरेका थिए भने उनले जमानत दिलाउन नसकेपछि शाहरुखले नयाँ क्रिमिनल वकिल अमित देसाईलाई नियुक्त गरेका छन् । 

सेशन कोर्टको प्रक्रियाका विषयमा भारतीय मिडियाहरुले २-३ लाग्न सक्ने सम्भावना रहेको बताएका छन् । जसका कारण आर्यनको जेलको समय अझै केहि दिन बढ्न सक्ने बताइएको छ । अमितले अदालतमा मंगलबार आफ्नो पक्ष राख्दै आर्यनसँग ड्रग्स बरामद पनि नभएको जिकिर गर्दै प्रशासनिक कामका कारण कसैलाई जेलमा राख्न नहुने तर्क गर्दै सुनुवाईको  मिति माग गरेका थिए ।

वकिल अमित देसाईले यस अघि सलमान खानको हिट एण्ड रन केस लडेका थिए ।   

यसअघि नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आइतबार शाहरुख खानका ड्राइभरसँग समेत बयान लिएको छ । ड्राइभर राजेश मिश्रासंगको बयान पछि उनलाई आइतबार नै छाडिएको छ । ड्राइभर मिश्रले आर्यनलाई क्रुजसम्म ल्याएको भएर उनको बयान लिइएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मुम्बईबाट गोवा जादै गरेको पानी जहाजमा भएको रेभ पार्टीमा ड्रग्स बरामद भएपछि यस प्रकरणमा अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेका थिए । नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मार्दा ३० ग्राम चरेस, २० ग्राम कोकिन र २५ एमडीएमए ड्रग्सका ट्याब्लेट तथा १० ग्राम एमडी ड्रग्स बरामद गरेको थियो ।

अदालतले आर्यनसहित पक्राउ गरेका सबैलाई १४ दिनको न्यायिक हिरासतमा पठाए पछि उनीहरु अहिले जेलमा रहेका छन् ।

करिब २००० जनाको क्षमता भएको सो जहाजमा ६ सय भिआइपीले पार्टी गरिरहेका थिए । यस पार्टीको आयोजना फेशन टिभी इन्डियाले गरेको बताइएको छ । समुन्द्रको बिचमा हुने यस पार्टीमा प्रवेशका लागि ६० हजार देखि ५ लाखसम्मको टिकट बेचिएको भारतीय मिडियाले दाबि गरेका छन् । शनिबारदेखि शुरु भएको पार्टी चार दिनका लागि आयोजना गरिएकोमा पहिलो दिननै प्रहरीले हस्तक्षेप गरेको थियो ।

मिडिया रिपोर्टका अनुसार एनसीबीका करिब २० जना पार्टीमा टिकट काटेर सहभागी भएका थिए । पार्टीमा ड्रग्सको सेवन शुरु भएपछि उनीहरुले छापा मार्न शुरु गरेका थिए ।

एनसीबीले अहिलेसम्म दुइ महिलासहित १७ जनालाई पक्राउ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यसअघि आर्यनले प्रहरीसँगको बयानमा आफु यस पार्टीमा आउन कुनै पैसा नतिरेको र आफुलाई अतिथिको रुपमा निमन्त्रणा आएको एनसीबीलाई बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै