काठमाडौँ । नेपालमा थप ७९२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६९१ र एन्टीजेन परिक्षणबाट १०१ गरि कुल ७९२ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९१० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.८ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले २३१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७०६० पिसिआर र २५५९ नमुना एन्टीजेन परिक्षण गरि कुल ९ हजार ६१९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ५५४ पुगेका छन् ।
त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार ९५ जना रहेका छन् भने होम आइसोलेसनमा १३ हजार ४५९ रहेका छन् ।
त्यस्तै अहिले नेपालमा ३०६ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १०२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।
त्यस्तै आज ६९ हजार ८२४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ८३ लाख ८१ हजार ७२७ र पूर्ण मात्रा ६४ लाख ६८ हजार ७७५ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।