• २०८१ बैशाख ८ शनिबार

रुपन्देहीको मोतिपुरमा लगाइएको कर्फ्यू मंगलबार राति १२ बजेदेखि हटाइने

kharibot

बुटवल । रुपन्देहीको निर्माणाधिन मोतिपुर औद्योगिक क्षेत्रमा लगाएको कर्फ्यू मंगलबार राति १२ बजेदेखि हटाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार दिउसो ४ बजेदेखि लगाएको कर्फ्यु आजराती १२ बजेदेखि हटाउने जानकारी दिएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विज्ञप्ती जारी गर्दै कफ्यु हटेपनि निषेधाज्ञा जारी रहने उल्लेख गरेका छन् । 

जग्गा अतिक्रमण रोक्न यहा भदौ २८ गते देखि निशेधाज्ञा कायम गरिएको छ । पूर्वतर्फ तिनाउ नदी पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन, उत्तर शिवनगर रानी गञ्ज बस्ती र दक्षिण बुटवल उप महानगरपालिका वडा नम्बर १८ औद्योगिक कोरिडोरको जमिन (धन्दापुर सौरहियासम्म) निषेधाज्ञा लगाइएको छ ।

विज्ञप्ति 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै