• २०८१ बैशाख १२ बुधबार

रुपन्देहीको मोतिपुर घटनामा मृतकका परिवारलाई सरकारले पाँच लाख ५० हजार दिने

kharibot

काठमाडौं । रुपन्देहीको निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडप परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले पाँच लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णय भएको जानकारी दिएको हो । मृतकको किरिया खर्चबापत ५० हजार र राहतस्वरूप प्रतिपरिवार पाँच लाख रुपैयाँ दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

यसअघि, सोमबार लुम्बिनी प्रदेश सरकारले मृतकका परिवारलाई राहतस्वरूप प्रतिपरिवार एक लाख रुपैयाँ दिने निर्णय गरेको थियो । केन्द्र सरकारले घाइते भएका प्रहरी र सुकुम्बासीको उपचार पनि गर्ने जनाइएको छ ।

गएको आइतबार मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा प्रहरी र सुकुम्बासीबीच दोहोरो झडप हुँदा चार सर्बसाधारणको मृत्यु भएको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै