• २०८१ बैशाख ७ शुक्रबार

बाइडेनको ज्यान बचाउने खलीलीले परिवारसहित अफगानिस्तान छोडे

kharibot

काठमाडौँ । सन २००८ मा जो बाइडेनको ज्यान बचाउने अफगानी अमन खलीलीले अफगानिस्तान छोडेका छन् ।

खलीलले दुई महिना अघि राष्ट्रपति बाइडेनसँग आफ्नो भिसा सम्बन्धि समस्या सुल्झाई दिन आग्रह गरेका थिए ।

अब भने खलीलले आफ्नो परिवारसहित अफगानिस्तान छोडेर पाकिस्तान पुगेका छन् ।

खलीलीले २००८ मा बाइडेन सांसद हुदा अफगानिस्तान गएको अवसरमा उनी चढेको हेलिकप्टर हिउसहितको एक घाटीमा फोर्स ल्याण्ड गरेको थियो । सुरक्षाका हिसाबले संवेदनशील रहेको सो ठाउबाट बाहिर निस्किन बाइडेनसहितको अमेरिकी टोलीलाई सहयोग गर्ने अफगानी टोलीमा खलीली पनि रहेका थिए ।

२००८ मा तत्कालिन अमेरिकी सांसद जो बाइडेनसहितको अमेरिकी संसद्को टोलीको हेलिकप्टर ल्याण्ड गरेको तस्बीर 


 

दुई महिना पछि खलील पाकिस्तान हुदै अमेरिका जाने बताइएको छ । अमेरिकी विदेश मन्त्रालयले खलीली अफगानिस्तानबाट निस्किन सफल भएको र उनी पाकिस्तान पुगेको जानकारी दिएको छ ।

अफगानिस्तानमा तालिबानले अमेरिकालाई सहयोग गर्नेहरुलाई खोजिरहेको बताइएका बेला खलील बाहिर निस्किन सफल भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै