• २०८१ बैशाख १२ बुधबार

म पिएसजीमा खुशी छैन- विजनाल्डम

kharibot

काठमाडौँ । डच मिडफिल्डर जर्जिनियो विजनाल्डमले आफु पिएसजीमा खुशी नभएको बताएका छन् ।

हाल अन्तर्राष्ट्रिय ब्रेकमा राष्ट्रिय टिमसँग रहेका विजनाल्डमले पिएसजीमा आफुलाई निकै गाह्रो भएको खुलासा गरेका छन्  ।

लिभरपुलबाट यसै सिजनमा फ्री-ट्रान्सफरमा पिएसजी गएका विजनाल्डमले भने- 'म पिएसजीमा पूर्णरुपमा खुशी छु भनेर भन्न सक्दिन । मैले सोचे जस्तो अवस्था छैन । पछिल्ला बर्षहरुमा मैले धेरै खेलेको छु र फिट पनि छु । तर पिएसजीमा अलि फरक छ । म नयाँ कदमका लागि विचार गरिरहेको छु ।'

उनले आफु सकारात्मक मानिस भएकाले आफुले यो अवस्था बदल्न अझै मिहिनेत गर्ने बताए ।

यस सिजनमा पिएस्जिमा अहिलेसम्म ११ खेल खेलेका छन् । उनले यस सिजनमा कुनै गोल गर्न या कुनै गोल असिस्ट गर्न असफल भएका छन् । पिएसजीको लागि लिग वानको केवल एक खेलमा मात्र उनलाई शुर्वती प्लेंग एघारमा राखिएको थियो । प्रशिक्षक माउरिसियो पोचेट्टीनोको पहिलो रोजाईमा विजनाल्डम भन्दा मारको भेराटी र इड्रीसा गुएय रहेकाले पनि उनले अवसर पाएका छैनन् ।

विज्नाल्डमले यस अघि लिभरपुललाई च्याम्पियन्स लिग र प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै