• २०८१ बैशाख ८ शनिबार

जर्मनी कतार विश्वकपमा छनौट हुने पहिलो देश बन्यो

kharibot

काठमाडौँ । जर्मनी २०२२ को कतार विश्वकपमा छनौट हुने पहिलो देश बनेको छ ।

युरोपियन विश्वकप छनौटको समुह जे मा रहेको जर्मनीले गएराती नर्थ मसेडोनियालाई ४-० गोल अन्तरले पराजित गर्दै कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

जर्मनीको जितमा टिमो वेर्नरले दुई गोल गरेका थिए भने काइ हाभेर्टज र जमाल मुसिआलाले एक एक गोल गरेका थिए ।

समुह जे मा जर्मनीले ८ खेलमा ७ जित र एक हार सहित २१ अंक हासिल गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ । नर्थ मसेडोनियाको भने ८ खेलमा १२ अंक रहेको छ र अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

युरोपबाट १३ टिम विश्वकपमा सहभागी हुनेमा जर्मनी पहिलो टिम बनेको छ ।

कतारमा अर्को बर्ष हुने विश्वकपका लागि अहिले जर्मनी बाहेक आयोजक कतार स्वत: छनौट भएको छ । अन्य देशहरु छनौटकै क्रममा रहेका छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै