• २०८१ बैशाख ८ शनिबार

अमिताभ बच्चनले अबदेखि पान मसलाको विज्ञापन नगर्ने

kharibot

काठमाडौँ । बलिवुडका महानायक अमिताभ बच्चनले अबदेखि पान मसलाको विज्ञापन नगर्ने भएका छन् ।

आफ्नो ७९औं जन्मदिनको दिन अमिताभले ब्लग लेख्दै 'कमला पसंदसँग आफ्नो सम्झौता तोडेको जानकारी दिएका हुन् । साथै उनले विज्ञापन वापत लिएको रकम समेत फिर्ता गरेको जानकारी गराएका छन् ।

'कमला पसंद' एक किसिमको गुटका भएको र यो स्वास्थ्यको लागि हानिकारक रहेको थाहा पाएपछि अमिताभले यस्तो निर्णय लिएको स्पष्ट गरेका छन् । ब्राण्डसँग सम्झौता गर्दा यो स्वास्थ्यको लागि हानिकारकको सूचीमा रहेको बारे जानकारी नभएकाले उनले अहिले जानकारी हुनासाथ यस्तो निर्णय गरेको बताएका छन् ।

कमला पसन्दको विज्ञापनमा अमिताभ देखिना साथ उनलाई सामाजिक सञ्जालमा ट्रोल गरिएको थियो । साथै अमिताभलाई नेशनल एन्टी टोबाको अर्गनाइजेशनले पनि एक पत्र लेख्दै पान मसलाको विज्ञापनबाट हट्न सुझाव दिएको थियो ।
       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै