• २०८१ बैशाख ७ शुक्रबार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी शोधकर्तालाई

kharibot

काठमाडौँ । अमेरिकामा रहेर "प्राकृतिक प्रयोग" वा अवलोकन अध्ययनको प्रयोग गरी श्रम बजारमा अनुसन्धानका लागि शोधरत अर्थशास्त्रीहरूलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

क्यानेडियन-अमेरिकी डेभिड कार्ड, इजरायली-अमेरिकी जोशुआ एङ्ग्रिस्ट र डच-अमेरिकन गाइडो इम्बेन्सले "श्रम बजारको बारेमा नयाँ अन्तरदृष्टि" प्रदान गर्ने र "कारण र प्रभावबाट के निष्कर्ष निकाल्न सकिन्छ" भनेर देखाउन गरेको अनुसन्धान बापत पुरस्कार जितेका छन् ।

यसअघि शान्ति, साहित्यतर्फ, रसायनशास्त्र, भौतिकशास्त्र र चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिसकिएको छ ।

यसबर्षको नोबेल शान्ति पुरस्कार फिलिपिन्स र रूसका दुई जना पत्रकारले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएका थिए ।

त्यस्तै साहित्यतर्फको नोबेल पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिएको थियो भने २०२१ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका वैज्ञानिक बेन्जामिन लिस्ट र अमेरिकी वैज्ञानिक डेविड म्याकमिलनलाई दिने घोषणा गरिएको थियो ।

त्यस्तै भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार सुकोरो मनाबे, क्लाउस हेसलमन र जर्जियो परिसीलाई दिने घोषणा गरिएको थियो भने चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी डाक्टर डेभिड जुलियस र लेबनानी डाक्टर अर्डम पाटापोटियनलाई संयुक्तरुपमा प्रदान गरिएको थियो । स्नायु प्रणालीले तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएका जुलियस र पाटापोटियनलाई नोबेल पुरस्कार दिइएको थियो ।

योसँगै यस बर्षको नोबेल पुरस्कारको घोषणा सकिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै