• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौँ उपत्यकामा २४ घण्टामा २९५ संक्रमित थपिए, सक्रिय संक्रमित कति पुगे ?

kharibot

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २९५ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी १९१ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा २६ र ललितपुरमा ७८ संक्रमित थपिएका छन् ।

त्यस्तै उपत्यकामा अहिले ३ हजार ३८५ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा १ हजार ९६८, भक्तपुर जिल्लामा ६४८ र ललितपुर जिल्लामा ७६९ सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ७८७ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार १६५ जना रहेका छन् भने होम आइसोलेसनमा १३ हजार ६२२ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ३१४ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ ।

त्यस्तै आज ७८ हजार ९२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ८२ लाख २ हजार ५०२ र पूर्ण मात्रा ६४ लाख ५० हजार ६४४ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै