• २०८१ बैशाख १३ बिहीबार

नेपालमा कोरोना : २४ घण्टामा ७८५ संक्रमित, १२ जनाको मृत्यु

kharibot

काठमाडौँ । नेपालमा थप ७८५ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६६३ र एन्टीजेन परिक्षणबाट १२२ गरि कुल ७८५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.८ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले २३१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७२३३ पिसिआर र ४९६२ नमुना एन्टीजेन परिक्षण गरि कुल १२ हजार १९५ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ७८७ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा १ हजार १६५ जना रहेका छन् भने होम आइसोलेसनमा १३ हजार ६२२ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ३१४ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ ।

त्यस्तै आज ७८ हजार ९२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ८२ लाख २ हजार ५०२ र पूर्ण मात्रा ६४ लाख ५० हजार ६४४ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै