• २०८१ बैशाख ७ शुक्रबार

गीतकार प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार

kharibot


दाङ । उत्सर्ग फिल्मस् नेपालले संचारकर्मी एवं गीतकार सबिन प्रियासनलाई उत्सर्ग सिर्जना पुरस्कार प्रदान गर्ने भएको छ ।

कला, संचार एवं साहित्यको माध्यमबाट नेपाली समाजको रुपान्तरणमा विशिष्ट योगदान पुर्‍याएकोले प्रियासनलाई पुरस्कार प्रदान गरिएको उत्सर्ग फिल्मस् नेपालका अध्यक्ष के एल पीडितले बताए । 

नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष प्रियासन दुई दशकदेखि कला, साहित्य एवं संचार क्षेत्रमा क्रियाशील छन् । रोदनपछि, भूमरी, पुनरागमन, पल्लवी, सहनशीला, लक्की चार्म, सेल्फी, एयरहोस्टेज, लकडाउन लभ १० वटा उपन्यास, सपनाभित्रको सपना (कथा संग्रह) र सम्पादकीय (लेख संग्रह) गरी  साहित्यकार प्रियासनका १२ वटा कृति  प्रकाशित छन् ।

दाङबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादक प्रियसन चलचित्र परशुरामको कार्यकारी निर्माता हुन् ।

उनीका ७ वटा गीतहरु रेकर्ड भएका छन् । सामाजिक  कार्यमा पनि उत्तिकै सक्रिय प्रियासन जनसेवा पदकबाट विभुषित भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै