• २०८१ बैशाख ८ शनिबार

वैवाहिक बन्धनमा बाधिए मनोज गजुरेल

kharibot

तस्बीर स्रोत : मनोज गजुरेल/फेसबुक

काठमाडौँ । कलाकार मनोज गजुरेल वैवाहिक बन्धनमा बाधिएका छन् । गजुरेलले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका हुन् ।

चार बर्षअघि मिना ढकालसँग डिभोर्स गरेका गजुरेलले सामाजिक संजालमार्फत वैवाहिक बन्धनमा बाधिएको जानकारी गराएका छन् ।

गजुरेलले सोमबार बिहान डोलेश्वर महादेव मन्दिरमा परिवारको उपस्थितिमा विवाह गरेको जानकारी गराउदै सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका  बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका उल्लेख गरेका छन् ।

साथै गजुरेलले बिगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको उल्लेख गर्दै त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरुलाई पनि भद्र सुझाव छ- कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्न सबैमा आग्रह गरेका छन् ।

साथै सामाजिक सन्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गंभिर असरलाई पनि महशुस गर्न अनुरोध गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै