• २०८१ बैशाख ११ मंगलबार

नेपाल भारतसँग १-० गोलले पराजित

kharibot

काठमाडौँ । साफ च्याम्पियनसिप अन्तर्गत नेपाल भारतसँग पराजित भएको छ । आइतबार राति सम्पन्न खेलमा भारतले नेपाललाई १-० गोल अन्तरले पराजित गरेको हो ।

भारतको जितमा सुनिल क्षेत्रीले खेलको ८२औ मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल भएको थियो । नेपालका अन्जन विष्टले खेलको ८६औँ मिनेटमा पाएको गोल गर्ने अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् ।

यो जितपछि भारतको ३ खेलमा ५ अंक भएको छ भने अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै नेपालको ३ खेलमा ६ अंक रहेको छ र नेपाल अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

अब नेपालले लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध आगामी बुधबार खेल्ने छ । नेपाल र बंगलादेशविरुद्धको खेल नेपाली समय अनुसार अपराहन्न ४:४५ बजे हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै