• २०८१ बैशाख ८ शनिबार

कँडेल र न्यौपाने छन्दसाधना पुरस्कारबाट पुरस्कृत

kharibot

काठमाडौँ । छन्द–तरङ्ग, काठमाडौँले कवि चन्द्रप्रसाद न्यौपानेलाई ‘छन्दसाधना पुरस्कार–२०७७’ र कवि घनश्याम कँडेललाई ‘छन्दसाधना पुरस्कार–२०७८’ बाट पुरस्कृत गरेको छ ।

कविद्वय डा रामप्रसाद ज्ञवाली र डा देवी नेपालको संयोजनमा २०७५ बाट सञ्चालित छन्द–तरङ्गले २०७६ देखि हरेक वर्ष रु पच्चीस हजारसहितको छन्दसाधना पुरस्कार प्रदान गर्दै आएको छ । शनिबार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पुरस्कार प्रदान गर्दै कँडेल र न्यौपाने दुवै स्रष्टाले नेपाली छन्दकवितालाई माथि उठाउनमा विशेष भूमिका खेलेको हुनाले योग्य व्यक्तिलाई नै योग्य पुरस्कार दिइएको विचार व्यक्त गरे । 

सोही अवसरमा कुलपति उप्रेतीले कवि कँडेलद्वारा लिखित ‘सम्यक् सम्बुद्ध’ महाकाव्य र कवि  न्यौपानेद्वारा लिखित ‘चन्दयुग : चन्दशास्त्र पर्व’ दुई कृतिको विमोचन गरेका थिए । प्राज्ञ प्राडा हेमनाथ पौडेलले विमोचित दुवै कृतिका बारेमा बोल्दै कँडेलमा उच्च कवित्व प्रवाह रहेको र न्यौपाने नेपाली कविताका क्षेत्रमा प्रतिभा रहेको विचार व्यक्त गरे भने प्राज्ञ माया ठकुरीले छन्द–तरङ्गले कविहरूलाई उच्च सम्मान दिनु सन्देशप्रद भएको बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै