• २०८१ बैशाख ८ शनिबार

कविता सङ्ग्रह ‘छन्द लहरी’ विमोचन

kharibot

पाल्पा । साहित्यकार गणेश आत्रेयद्वारा रचित कविता सङ्ग्रह ‘छन्द लहरी’ को पाल्पामा विमोचन भएको छ ।

साहित्यकार तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो कृतिको विमोचन गरेका हुन् । ‘छन्द लहरी’ मा १२१ कविता समेटिएको छ । धवल पुस्तकालय पाल्पाद्धारा आयोजित सो कार्यक्रममा कवितामा दार्शनिक चेतना, ईश्वरप्रतिको भरोसा, वर्तमान समाजमा देखिएको विकृतिप्रतिको चिन्ता, श्रमप्रतिको सम्मान, सामूहिक चेतना प्रतिबिम्वित रहेको ज्ञवालीले बताए ।

साहित्य सिर्जनाले वर्तमान समाजमा सकारात्मक विचार प्रवाहित गर्नुका साथै आत्मविश्वास जगाउन सचेत रहनुपर्ने ज्ञवालीको धारणा थियो । वरिष्ठ साहित्यकार चोलेश्वर शर्माले कवि आत्रेयको ‘छन्द लहरी’ कर्ममा आधारित चेतनामूलक कृति रहेको औल्याए । 

साहित्यकार तथा समालोचक डा शङ्करप्रसाद गैरेले कृतिमा १२१ कविता समेटिएको पठनीय सामग्री रहेको बताए । नेकपा एमालेका नेता ठाकुर गैरे, पोखराथोक साहित्य सङ्गमका अध्यक्ष हरि भट्टराईलगायतले कृतिकारलाई साहित्यका माध्यमबाट समाज रुपान्तरण गर्न सकिने भएकाले त्यसतर्फ  लेखनलाई जारी राख्नुपर्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै