• २०८१ बैशाख ७ शुक्रबार

रामकुमारी झाँक्री पहिलो पटक मन्त्री बनिन्, शहरी विकासको जिम्मेवारी

kharibot

काठमाडौँ । युवा नेतृ रामकुमारी झाँक्री पहिलो पटक मन्त्री बनेकी छन् । नेकपा एकीकृत समाजवादीबाट झाँक्रीले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी हुन् ।

विद्यार्थी आन्दोलनबाट स्थापित झाँक्री एकीकृत समाजवादीकी सचिवसमेत हुन् । नेकपा एमालेमा अन्तरसंघर्ष हुँदादेखि पार्टी गठनसम्म झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् ।

झाँक्री अनेरास्ववियुको अध्यक्षसमेत भएकी थिइन् । उनी अनेरास्ववियुको अध्यक्ष बन्ने पहिलो महिलासमेत हुन् ।

यस अघि उनको स्वास्थ्य र पर्यटन मन्त्री बन्ने चर्चा भएको भएपनि अन्तत उनी शहरी विकास मन्त्री बनेकी छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै