• २०८१ बैशाख १४ शुक्रबार

परराष्ट्रमन्त्री डा. नारायण खड्का आज सर्बिया जादै

kharibot

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का आज सर्बिया जाने भएका छन् ।

मन्त्रिपरिषद् बैठकको निर्णयनुसार मन्त्री खड्का सर्बियामा हुने असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । 

उक्त बैठकमा १२० भन्दा बढी असंलग्न परराष्ट्र नीति अख्तियार गरेका राष्ट्रका परराष्ट्रमन्त्रीहरूको सहभागिता रहनेछ ।

मन्त्री खड्काको सचिवालयका अनुसार उनी राति ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्बियातर्फ प्रस्थान गर्नेछन् । मन्त्री खड्कासँगै निजी सचिव शिवानी बस्नेत, सहसचिव सेवा लम्साललगायत टोलीमा सहभागी हुनेछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै