• २०८१ बैशाख ६ बिहीबार

बेल्जियमलाई हराउदै फ्रान्स नेशन्स लिगको फाइनलमा

kharibot

काठमाडौँ । फ्रान्स युइएफए नेशन्स लिगको फाइनलमा पुगेको छ । गएराती सम्पन्न युइएफए नेशन्स लिगको सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई ३-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

फ्रान्सको जितमा करिम बेन्जमा, किलियन एम्बाप्पे र थिओ हेर्नानडेजले एक एक गोल गरेका थिए ।

त्यस्तै बेल्जियमका लागि यानिक कारास्को र रोमेलु लुकाकुले एक एक गोल गरेका थिए ।

अब फाइनलमा फ्रान्सले स्पेनको सामना गर्ने छ । स्पेन यसअघि इटालीलाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ ।

फाइनल खेल अक्टोबर ११ मा हुने छ ।

त्यस्तै तेस्रो स्थानका लागि इटाली र बेल्जियमले प्रतिष्पर्धा गर्ने भएका छन् । तेस्रो स्थानको खेल अक्टोबर १० मा हुने छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै