• २०८१ बैशाख १२ बुधबार

एकीकृत समाजवादीले चार संघीय मन्त्रालय र दुई मुख्यमन्त्री पाउने

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीले संघीय सरकारमा चार मन्त्रालय र दुई प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ ।

पार्टीको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सो जानकारी दिएका हुन् ।

यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्री दावी गरेको सो पार्टीले दुई मुख्मन्त्री पनि पाउने भएको छ ।

एकीकृत समाजवादीले संघीय सरकारमा स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पाउने तय भएको छ । त्यस्तै एकीकृत समाजवादीले एक राज्यमन्त्री पनि पाउने छ ।

एकीकृत समाजवादीले बागमती प्रदेश र प्रदेश १ को मुख्यमन्त्री पाउने भएको छ ।

सत्तारुढ गठबन्धनले शुक्रबार बिहान सरकार विस्तार गर्ने सहमति भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै