• २०८१ बैशाख १३ बिहीबार

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका र जर्मनीका दुई वैज्ञानिकलाई दिने घोषणा

kharibot

काठमाडौं । यस वर्षको नोबेल पुरस्कारको घोषणा शुरु गरिएको छ । बुधबार रसायनशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा गरिएको हो ।

२०२१ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका वैज्ञानिक बेन्जामिन लिस्ट र अमेरिकी वैज्ञानिक डेविड म्याकमिलनलाई दिने घोषणा गरिएको छ ।

बेन्जामिन र डेविडलाई एसिमेट्रिक आर्गेनक्याटालाइसिसको क्षेत्रमा गरेको अध्ययनका लाफी नोबेल पुरस्कार दिइएको रोयल स्वीडिस एकेडेमी साइन्सले जानकारी दिएको छ ।

यस अघि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार सुकोरो मनाबे, क्लाउस हेसलमन र जर्जियो परिसीलाई दिने घोषणा गरिएको थियो भने सोमबार चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी डाक्टर डेभिड जुलियस र लेबनानी डाक्टर अर्डम पाटापोटियनलाई संयुक्तरुपमा प्रदान गरिएको थियो । स्नायु प्रणालीले तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएका जुलियस र पाटापोटियनलाई नोबेल पुरस्कार दिइएको थियो । 

अब विहिबार साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा गरिदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै