• २०८१ बैशाख ७ शुक्रबार

'फेसबुकले बिभाजन ल्याएको छ, लोकतन्त्रलाई कमजोर बनाएको छ'

kharibot

फेसबुककी पुर्व कर्मचारी फ्रान्सिस हउगेन संसदीय समितिमा सुनुवाईका क्रममा

काठमाडौँ । फेसबुककी एक पुर्व कर्मचारीले फेसबुकले बच्चाहरुलाई नोक्सान गरिरहेको र लोकतन्त्रका लागि यो ठिक नभएको दाबि गरेकी छन् ।

अमेरिकी सांसदहरुसँगको एक सुनुवाईको क्रममा फ्रान्सिस हउगेनले फेसबुकले बालबालिकाहरुलाई नोक्सान पुर्याइरहेको, बिभाजनलाई बढावा दिएको र लोकतन्त्रलाई कम्जोर बनाइरहेको दाबि गरेकी हुन् ।

३७ बर्षिय फ्रान्सिस यसअघि फेसबुकमा प्रोजेक्ट म्यानेजरको रुपमा काम गरेकी थिइन् । अहिले उनले फेसबुकले पारेको नराम्रो प्रभावका बारेमा बोल्दै आएकी छन् । अमेरिकाको सिनेटको व्यापार हेर्ने संसदीय समितिमा बोल्दै फ्रान्सिसले म्यान्मार, इथोपियामा भएका हिंसात्मक घटनामा फेसबुक जिम्मेवार भएको बताएकी छन् ।

अहिले विश्वभर फेसबुकमा हुने पोष्टका कारण फैलिने हिँसाका बारेमा बहस भैरहेका बेला फ्रान्सिसको यो बयानले यस विषयलाई थप बहसमा ल्याएको छ । 

यसैबीच फेसबुकका प्रमुक मार्क जुकरबर्गले फेसबुकमा एक पोष्ट गर्दै फ्रान्सिसको दाबिको खण्डन गरेका छन् । मिडियामा कम्पनिको झुटो तस्बीर चित्रित गरेको आरोप लगाउदै जुकरबर्गले फेसबुकले सुरक्षा र मानसिक स्वास्थ्य जस्ता विषयमा ध्यान दिएको दाबि गरेका छन् । आफ्ना कमर्चारीहरुलाई सम्बोधन गर्दै लेखेको पत्रमा जुकरबर्गले भनेका छन्- 'मिडियामा यस्तो कभरेज हेर्दा निकै दुख लाग्छ, जसले हाम्रो काम र हाम्रो उद्धेश्यलाई गलत तरिकाले पेश गरिरहेका छन् ।'

पुर्व कर्मचारी फ्रान्सिसले अमेरिकी मिडिया वाल स्ट्रिट जनरललाई फेसबुकका महत्वपूर्ण दस्तावेज दिएको बताएकी छन् । ति दस्तावेजमा फेसबुकले गरेको अध्ययनमा इन्सटाग्राम एपले युवतीहरुको मानसिक स्वास्थ्यमा नोक्सान गरेको निष्कर्ष निस्किएको उनले दाबि गरेकी छन् ।

फेसबुक अहिले विश्वकै सबैभन्दा बढी लोकप्रिय सामाजिक सञ्जाल हो । फेसबुकमा अहिले हरेक महिना २ अर्ब ७० करोड सक्रिय प्रयोगकर्ता रहेका छन् ।

लोकप्रियताको उत्कर्षमा पुगे पनि फेसबुकमाथि फेक न्यूज रोक्न नसकेको, गलत जानकारीको प्रचार प्रसार रोक्न नसकेको आरोप लाग्दै आएको छ ।  


    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै