• २०८१ बैशाख १३ बिहीबार

स्पेश स्टेशनमा पहिलो फिल्म शुटिंग, रसियन निर्देशक र अभिनेत्रीले भरे उडान

kharibot

काठमाडौँ । अन्तरिक्षमा फिल्मको शुटिंग हुने भएको छ । अन्तरिक्षमा शुटिंग गर्ने पहिलो देश भने रुस हुने भएको छ ।

यस अघि ग्रेभिटी, इन्टरस्टेलर, स्टोअवे जस्ता अन्तरिक्षमा आधारित फिल्म बनेको भएपनि ति फिल्मको शुटिंग स्पेसमा भएको थिएन ।

तर अब रुसका फिल्म निर्देशक क्लिम शिंपेले आफ्नो आउदो फिल्म च्यालेन्जको शुटिंग अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा गर्न लागेका हुन् ।

नासका अनुसार रसियन अभिनेत्री युलिया पेरसिल्ड, निर्देशक शिंपे र् अन्तरिक्ष यात्री एन्टोन  श्काप्लेरोव स्पेस स्टेशनका लागि उडान भरेका छन् रुसी अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले तीन जना रहेको अन्तरिक्ष यानलाई अन्तर्राष्ट्रिय स्पेस स्टेशनका लागि लन्च गरेको हो ।

च्यालेन्ज फिल्मको यो टिम १२ दिनसम्म स्पेस स्टेशनमा रहने बताइएको छ । स्पेसमा यस फिल्मको ३५ देखि ४० मिनेटको शुटिंग गरिने तयारी रहेको छ । यो फिल्म एक महिला डाक्टरको कथामा बन्न लागेको छ, जसले एक अन्तरिक्ष यात्रीलाई बचाउन अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा गएकी हुन्छिन ।

स्पेस स्टेशनमा फिल्मको शुटिंगका लागि रुसले अमेरिकालाई जितेको छ । यसअघि अमेरिकी अभिनेता टम क्रुजले पनि स्पेश स्टेशनमा शुटिंग गर्न सक्ने बताइएको थियो ।          

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै