• २०८१ बैशाख ८ शनिबार

जापानका नवनियुक्त प्रधानमन्त्री किशिदालाई विश्वका नेताहरुको बधाई

kharibot

टोकियो । जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा विश्वका नेताहरुले बधाई ज्ञापन गरेका छन् ।

काशिदा सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छन् ।

राष्ट्रपति पुटिनले आगामी दिनमा जापानी प्रधानमन्त्री किशिदासँग मिलेर काम गर्न आफू इच्छुक रहेको पनि बताए । साथै उनले आगामी आम निर्वाचनका लागि पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई शुभकामना दिए । 

त्यसैगरी चिनियाँ राष्ट्रपति सि जीङपिङले पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई बधाई दिएका छन् । उनले नवनियुक्त प्रधानमन्त्री किशिदाको समयमा चीन जापान सम्बन्ध राम्रो रहने बताएका छन् । त्यस्तै चिनियाँ प्रधानमन्त्रीले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई सन्देश पठाएका छन् । 

उता नवनियुक्त प्रधानमन्त्री किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी पनि थालेको बताइएको छ । उनले देशको १०० औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार पत्रकार सम्मेलनमा बोल्दै निर्वाचनको तयारी सुरु गर्ने घोषणा गरेका थिए ।  

उनले यही अक्टोबर ३१ मा जापानमा आम निर्वाचन गराउने तयारी गरेका हुन् । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उनले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको घोषणा गरेका हुन् । 

निर्वाचन गराउने प्रयोजनकै लागि उनले यही अक्टोबर १४ मा यहाँको संसदको तल्लो सदन विघटन गर्ने छन् र निर्वाचनको औपचारिक सुरुआतको घोषणा गर्ने छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै