• २०८१ बैशाख ६ बिहीबार

दशै दक्षिणामा सिकाइ :ग्लोकल आफ्टर स्कुलले ल्यायो दशैँ अफर

kharibot

काठमाडौँ । दशैं–तिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रा.लिको इकाई) ले  नयाँ र आर्कषक अफर ल्याएको छ । ग्लोकल प्रा.लि शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो । बिगत लामो समय देखि युवा बर्गहरुको सीप विकास गर्न  र आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ । ग्लोकल एक अत्यन्त सकारातमक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था हो ।

ग्लोकल आफ्टर स्कूलले विभिन्न विषयहरूमा “वहाइल आइसोलेटेड लेट्स गेट स्किलड” भन्ने नाराका साथ अनलाइन पाठ्यक्रमहरू सुरू गरेको थियो । ग्लोकल आफ्टर स्कुलमा हालसम्म १० हजार भन्दा बढी विद्यार्थी, विभिन्न कोर्सहरुमा भर्ना भएका छन भने ६० भन्दा प्रशिक्षकहरुबाट अनबरत रुपमा सिपमुलक शिक्षा प्रदान गर्दै आइरहेको छ । ग्लोकल लगातार सिपमुलक शिक्षा वातावरण सिर्जना गर्न निरन्तर काम गरिरहेको छ र अनलाइन पाठ्यक्रमहरू मार्फत युवाहरूको रुचिको विषय पहिचान गरी  युवाहरूको सीप विकास गर्न अवसरहरू प्रदान गरिरहको छ । अब बिद्यार्थीहरुले घरमै बसेर अन्लाईन मार्फत पाठ्यक्रम अनुरुप बिभिन्न विषयहरूमा ज्ञान हासिल गर्न सक्ने छन् । 

विजया दशमी, दीपावली र छठको शुभ अवसरमा, आफ्टर स्कुलले, रेकर्ड गरिएका पाठ्यक्रमहरुमा आवेदन खोलेको छ जसमा रुचि राख्ने शिक्षार्थीहरुको लागी रोचक अफरहरुको घोषणा गरेको छ। रेकर्ड गरिएका पाठ्यक्रमहरु उनीहरु आफ्नै गतिमा सिक्न सक्छन् । दशै दक्षिणामा सिकाइ भन्ने नाराका साथ ग्लोकल आफ्टर स्कुलले दसैं अफर ल्याएको हो । यो अफर नोवेम्बर १० सम्मका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

उक्त अफरमा रेकर्ड कोर्सहरुमा १०% छुट कुपन कार्ड मार्फत प्राप्त गर्न सक्ने छन् ।त्यस्तै एक भाग्यशाली विजेताले  टर्की एयरलाइन्सको माध्यमबाट संसारमा कहींपनी एक निः शुल्क राउन्ड ट्रिप(टी एण्ड सी लागू) टिकट प्राप्त गर्न सक्ने छन् । ईसेवा मार्फत रजिसटर गर्ने २०० जनाका लागि २० प्रतिशत क्यासब्याकको सुविधाको व्यबस्था गरिएको छ । एक भाग्यशाली व्यक्तिलाई सिद्धार्थ होटलमा नाइट स्टे गर्न पाउने छन् भने एक भाग्यशाली बिजेताले कोजी होम बि यण्ड बिमा नाइट स्टे (टी एण्ड सी लागू) गर्न पाउने छन् । 


ग्लोकलको एक महत्वकाङ्शी योजना भनेको नेपालमा अनलाइन सिप बिकासका निम्ती कार्य गर्न रहेको छ । यस अनुरुप ग्लोकल सहयोग तथा साझेदारीमा विश्वास गर्दछ, बिभिन्न संस्थाहरु जोड्दै धेरैभन्दा धेरै मानिसहरु शिक्षा तथा सेवा प्रदान गर्न अन्तर्रा्ष्ट्रिय पाठ्यक्रम लगायत नेपाली प्रशिक्षकहरुबाट पाठ्यक्रम ल्याएको छ । यसले नेपाली प्रशिक्षक र शिक्षार्थीहरुलाई एक साथ जोड्ने मञ्च सिर्जना गरेको छ। ग्लोकल अनुसन्धान, प्रशिक्षण र एक कुशल श्रमशक्ति निर्माणको माध्यमबाट उद्योग र शिक्षाको बिचको दूरी कम गर्न प्रेरित छ । संक्षेपमा भन्नुपर्दा, ग्लोकलको लक्ष्य भनेको नेपालमा कौशलताका लागि अनलाइन शिक्षा स्थापना गर्नु हो । 


    

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै