• २०८१ बैशाख १४ शुक्रबार

फुमियो किशिदालाई जापानको प्रधानमन्त्रीको रुपमा संसदको अनुमोदन

kharibot

टोकियो । जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भरखरै चुनिएका हुन् ।

हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी नेताकारूपमा परिचित छन् जसले सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीको नेतृत्व गत हप्ता मात्र सम्हालेका छन् ।

सोमबारको संसद्को मतदानले उनलाई प्रधानमन्त्रीमा सहजै अनुमोदन गरेको थियो ।

सोमबारको अनुमोदनपछि किशिदाले थुप्रै नयाँ अनुहार सहित मन्त्रिमण्डल विस्तार गरेका छन् भने केही महत्त्वपूर्ण मन्त्रालयमा भने निवर्तमान प्रधानमन्त्री सुगाको मन्त्रिमण्डलका सदस्य यथावत् राखिएका छन् । 

पूर्व सरकारका परराष्ट्रमन्त्री तोसिमित्सु मोटेगी र रक्षामन्त्री नोबोउ किशी यथावत् छन् ।

अर्थ मन्त्रालयको जिम्मेवारी भने शुनिची सुजुकीलाई दिइएको छ । त्यस्तै मन्त्रिपरिषद्मा तीन महिला समावेश गरिएका छन् जसमा किशिदा नेतृत्वको एक समयका प्रतिद्वन्द्वी सेको नोडा पनि छन्  जो जापानको घट्दो जन्मदर सम्बोधन गर्ने जिम्मामा मन्त्री नियुक्त भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै