• २०८१ बैशाख ८ शनिबार

प्याब्सन काठमाडौँको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठ निर्वाचित

kharibot

प्रतिनिधि तस्वीर

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

शनिबार राति सम्पन्न प्याब्सन काठमाडौँ महानगरपालिकाको दोस्रो अधिवेशनले दुई वर्षका लागि श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा गगन ऐर, उपाध्यक्षमा राजन आचार्य र देवु फुँयाल, सचिवमा रबिन बस्नेत, सहसचिवमा निलिमा बिंडारी ‘पन्त’, कोषाध्यक्षमा राजेन्द्र थपलिया र सहकोषाध्यक्षमा निर्मल पौडेल निर्वाचित भएका छन् । यस्तै सदस्यमा बाबुराम गौतम, तेजप्रकाश श्रेष्ठ, देवी डोटेल, ईश्वर पुडासैनी, उमा श्रेष्ठ र रामप्रसाद खतिवडा चयन भएका छन् ।

निर्वाचित अध्यक्ष श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै निजी विद्यालय सञ्चालनका क्रममा देखिएको समस्या समाधानका लागि काठमाडौँ प्याब्सनले काम गर्ने बताए ।

काठमाडौँ महानगरपालिकाभित्रका ३५० विद्यालय प्याब्सनमा आबद्ध छन् । प्याब्सन काठमाडौँ महानगरपालिकाको पहिलो अधिवेशन विसं २०७५ मङ्सिरमा सम्पन्न भएको थियो ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै