• २०८१ बैशाख ६ बिहीबार

पर्फेक्ट फुड्सको स्नोडेन्ट चुईगममा सन्दीप लामिछाने

kharibot

काठमाडौँ । पर्फेक्ट फुड्स प्रालिले आफ्ना उत्कृष्ट उत्पादन स्नोडेन्ट चुईगमको लागि क्रिकेटर सन्दिप लामिछानेलाई अनुबन्धन गरेको छ । नेपालमै क्रिकेट पे्रमिहरुको लोकप्रिय खेलाडीको रुपमा रहेका सन्दिप लमिछानेले स्नोडेन्ट चुईगमको विज्ञापन प्रचार प्रसारमा सहयोग गर्ने छन् । 

स्नोडेन्ट चुईगम रिफ्रेशमेन्ट मिन्टले भरिएको गम हो । यो खानाले मुखलाई रिफ्रेशिङ बनाई सासलाई ताजा बनाउने हुनाले यस क्याम्पेनमा स्नोडेन्ट इन ब्याड ब्रेथ आउट भन्ने नारा दिइएको छ । मुखलाई हरदम ताजा राख्न र आफ्नो कन्फिडेन्ट बढाउनको लागि स्नोडेन्ट चुईगम पर्फेक्ट छ भन्ने कुरा कम्पनिले जनाएको छ । 

मिन्ट तथा मौसमी ९स्वीट लाइम०  फ्लेभरमा भएको स्नोडेन्ट चुईगम पर्फेक्ट फुड्सको लोकप्रिय व्राण्ड हो । लाखौं नेपालीहरुको लोकप्रिय व्राण्डको रुपमा पर्फेक्ट फुड्स का ब्लाष्ट, सेन्टर फिल्ज स्नोडेन्ट, क्यान्डी बी क्याण्डी र चुइंगमहरु बजारमा सर्वत्र उपलब्ध छन् । अति उत्कृष्ट मेशिन तथा स्वस्थकर वातावरणमा उत्पादन हुने यि वाण्डहरु बजारमा स्थापित भईसकेका छन् । 

मिन्टको रिफ्रेशिङ  फ्लेभरले मलाई क्रिकेट खेल्दा वा प्राक्टिस गर्दा रिफ्रेशिङ  बनाई राख्छ र खेलमा कन्फिडेन्ट बढाउँछ भन्छन् सन्दिप लमिछाने । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै