• २०८१ बैशाख ७ शुक्रबार

काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना

kharibot

काठमाडौँ । कोरोना संक्रमित भएका नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् ।

महामन्त्री खड्का मंगलबार सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पताल भर्ना भएका हुन् ।

संक्रमणपछि ५ दिनदेखि होम आइसोलेनमा बसेका खड्काले अक्सिजन लेभल सामान्य भए पनि नाडीको गति (पल्स) घटेको र रक्तचाप बढेकोले अस्पताल भर्ना हुनु परेको जनाकारी दिएका छन् ।

मंगलबार दिउँसो २ बजे आएको खड्काको रिपोर्टमा रक्तचाप १२०/८३, अक्सिजन लेभल ९८/९७/९६, ज्वरो ९८ डिग्री, मुटुको अवस्था सामान्य रहेको उल्लेख छ । डा. रोशन झा र उनको टिमको सुझावअनुसार 'अब्जरभेसन'को लागि अस्पताल भर्ना गरिएको खड्काले बताएका छन् ।

महामन्त्री खड्काले औषधि सेवनबाट साइड इफेक्ट भएर करिब २ घण्टा निरन्तर असहज भएपछि अस्पताल भएको उल्लेख गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै