• २०८१ बैशाख ८ शनिबार

ओलीले दायर गरेको रिटको पेशी न्यायाधिशद्वय कार्की र खड्काको इजलासमा

kharibot

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको सुनुवाइको लागि आज पेशी तोकिएको छ ।

सर्वोच्चका न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको इजलासमा ओलीले एमालेले कारवाही गरेका १४ सांसदको पदरिक्त हुनुपर्ने माग गर्दै दायर गरेको रिटको पेशी तोकिएको हो । 

एमालेले साउन २५ को केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार माधव नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । एमालेले गत बैशाखमा तत्कालिन प्रधानमन्त्री ओलीले विश्वासको मत लिदा अनुपस्थित भएर पार्टीको ह्वीप उलंघनको आरोप लगाउदै कारवाही गरेको जनाएको थियो । 

एमालेले पार्टीले कारवाही गर्दा पनि सभामुखले पदरिक्त भएको सूचना टाँस नगरेको भन्दै अहिले संसद समेत अवरुद्ध गरिएको छ ।

ओलीले संसद सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै