• २०८१ बैशाख १३ बिहीबार

गोर्खाज फाइनान्सको छ महिनाको नाफा दुुई करोड २४ लाख

kharibot

काठमाडौं । गोर्खाज फाइनान्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा दुुई करोड २४ लाख ७० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो मुनाफा १० करोड ७० लाख २३ हजार रुपैयाँ रहेको थियो । 

चुक्ता पुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको पुुस मसान्तसम्म चार अर्ब ५२ करोड नौ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८४ लाख १४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

घरजग्गा क्षेत्रमा २८ करोड नौ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको फाईनान्सले सो अवधिमा नौ करोड ८७ लाख एक हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । प्रोभिजन रकम तीन करोड नौ लाख ३२ हजार रुपैयाँ रहेको फाईनान्समा निष्क्रिय कर्जाको अनुुपात तीन दसमलव ५८ प्रतिसत रहेको थियो । 

गत आवको सोही अवधिमा भने फाईनान्सले तीन अर्ब ३९ करोड ९८ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुुई अर्ब ९६ करोड ७२ लाख ५९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै