• २०८१ बैशाख १३ बिहीबार

टी-२० विश्वकपका लागि भारतीय टिमको घोषणा, धोनी बने मेन्टर

kharibot

काठमाडौँ । आइसीसी टी-२० विश्वकप क्रिकेटका लागि भारतीय क्रिकेट टिमको घोषणा गरिएको छ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले घोषणा गरेको १५ सदस्यीय विश्वकप खेल्ने टिममा शिखर धवन, युजवेन्द्र चहल र कुलदीप यादव परेका छैनन् ।

टी-२० विश्वकपमा अनुभवी स्पिनर आर आश्विनलाई अवसर दिइएको छ । 

त्यस्तै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पूर्व कप्तान मेहन्द्र सिंह धोनीलाई विश्वकप टिमको मेन्टर बनाइएको छ । 

विश्वकपका लागि भारतीय टिममा विराट कोहली (कप्तान) र रोहित शर्मा (उपकप्तान), केएल राहुल, सूर्यकुमार यादव, ऋषव पन्त (विकेटकिपर), इशान किशन (विकेटकिपर), हार्दिक पाण्डेय, रविन्द्र जडेजा, राहुल चहर, आर आश्विन, अक्सर पटेल, वरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहमद शामी रहेका छन् । 

त्यस्तै स्ट्याण्ड बाइ खेलाडीहरुमा श्रेयस अय्यर, श्रदुल ठाकुर र दिपक चहर रहेका छन् । 

टी-२० विश्वकप दुबई र ओमानमा आउदो अक्टोबर १७ देखि १४ नोभेम्बरसम्म हुदै छ ।        
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै