• २०८१ बैशाख १२ बुधबार

म्यान्मारको सैनिक सरकारद्वारा विवादित भिक्षु विराथुलाई रिहा

kharibot

काठमाडौं । म्यान्मारको सैनिक सरकारले विवादित बौद्ध भिक्षु आशीन विराथुलाई रिहा गरेको छ । भिक्षु विराथु म्यान्मारमा राष्ट्रवादी र मुस्लिम विरोधी पहिचान रहेको छ ।

भिक्षु विराथुलाई अघिल्लो सरकारले राजद्रोहको आरोपमा मुद्धा दायर गरेर हिरासतमा लिएको थियो । उनले म्यान्मारमा सैनिक सरकारको समर्थक मानिन्छन् ।

म्यान्मारमा खागारी रोहिग्या मुसलमानलाई निशाना बनाएर उनले दिने गरेका अभिव्यक्तिकारण उनलाई 'बुद्धिष्ट लादेन' को संज्ञा दिइएको थियो ।

पछिल्ला बर्षहरुमा उनले सैन्य समर्थित र्यालीहरुमा गएर राष्ट्रवादी भाषण दिने र म्यान्मारकी नेतृ आङ साङ सुकीको आलोचना गर्ने गर्दथे ।

२०१९ मा उनी विरुद्ध सरकारविरुद्ध भड्काउ भाषण दिएको मुद्धा दर्ता भएको थियो । उनले गत बर्षको नोभेम्बरमा प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

सोमबार सैन्य सरकारले उनीविरुद्धका सबै मुद्धा खारेज गर्दै उनलाई रिहा गरेको हो । विराथुको अहिले सैन्य अस्पतालमा उपचार भैरहेको र उनको स्वास्थ्य अवस्था बारे स्पष्ट जानकारी दिइएको छैन ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै