• २०८१ बैशाख ८ शनिबार

महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता

kharibot

काठमाडौँ ।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि सम्झौता गरेको छ । सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका हुन् ।  

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरु वा जो कोहिले पनि आफुले खपत गरेको विद्युतको महशुल बैंकको मोवाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् । सम्झौता अनुसार सेवाग्राहीले मासिक ५०० सम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिर्न नपर्ने र  ५०१ भन्दा माथी ५ लाख सम्मको महशुल भुक्तानीमा पाँच रुपैंया मात्र सेवा शुल्क भुक्तानी गर्नु पर्नेछ । 

महालक्ष्मी बिकास बैंक र नेपाल विद्युत प्रधिकरण बिच भएको यस प्रकारको विद्युत महसुल संकलन सम्बन्धि सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ ।  

हाल बैंकले देशभरि आफ्नो १०३ शाखाहरु मार्फत बैंकिंग सेवा प्रदान गर्दै आइरहेको छ ।   

                    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै