• २०८१ बैशाख १४ शुक्रबार

कुमारी बैंक लिमिटेडद्धारा निःशुल्क एन्टिजेन टेस्ट क्याम्प

kharibot

काठमाडौँ । कुमारी बैंक लिमिटेडले हाल द्रूत गतिमा बढ्दै गएको कोभिड–१९ को सङ्क्रमणसँग जुध्नका लागि  “निःशुल्क एन्टिजेन टेस्ट क्याम्प” आयोजना गरेको छ ।

शुक्रबार काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा आयोजना गरेको क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजन टेस्ट गराउने व्यक्तिको कोरोना सङ्क्रमण भए–नभएको रिपोर्ट  १५ मिनेटमा नै दिएको जानकारी गराएको छ ।

आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना विरुद्धको लडाईमा बैंकले सहयोग गर्ने उद्देस्यले उपरोक्त कार्यकम आयोजना गरेको हो ।

आफ्नो डिजिटल सामर्थ्यलाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै