• २०८१ बैशाख ४ मंगलबार

मेसीलाई विपक्षी गोलकिपरले आफ्नो छोरासँग फोटो खिच्न भनेपछि...

kharibot

काठमाडौँ । लियोनेल मेसीले पिएसजीमा आफ्नो पहिलो खेल गएराती खेलेका छन् । खेलको ६६औ मिनेटमा नेइमारलाई रिप्लेसगर्दै मैदानमा छिरेका मेसीको पिएसजीमा डेभ्यु सुखद बनेको छ । रेइम्सविरुद्धको यस खेलमा किलीयन एम्बाप्पेको २ गोलमा पिएसजीले जित हासिल गरेको छ । 

खेलपछि रेइम्सका गोलकिपर प्रेड्राग राजकोभिकले मेसीसँग आफ्ना छोराको तस्बीर खिचेको दृश्य अहिले सामाजिक स्नाजालमा तरंगित बनेको छ । साथै फ्रेन्च फुटबलमा मेसीले भित्र्याएको नयाँ क्रेजको रुपमा पनि यस घटनालाई लिइएको छ ।

मेसीले डेभ्यु खेलमा गोल नगरेपनि उनले फ्रेन्च फुटबललाई नयाँ उचाईमा उठाउने कदमको शुरुवात गरेको रुपमा उनको डेभ्युलाई लिइएको छ ।

रेइम्सका गोलकिपर राजकोभिकले गरेको अनुरोधलाई मेसीले मान्दै उनको छोरालाई लिएर तस्बीर खिचेका थिए ।

खेलपछि प्रतिक्रिया दिदै पिएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टीनोले मेसी राम्रो फर्ममा रहेको बताउदै मेसीले बल छुनासाथ पुरै टिममा एक किसिमको शान्ती प्रवाह गरेको बताए ।

मेसीले आफ्ना फ्यानबाट मात्र होइन रेइम्सका खेलाडी र रेइम्सका फ्यानहरुबाट पनि न्यानो स्वागत पाएको बताए   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै