• २०८१ बैशाख ७ शुक्रबार

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मुल्य वृद्धि

kharibot

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ ।

निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

निगमले डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढाएको छ ।

निगमले मुल्य बढाएसँगै अब पेट्रोल प्रतिलिटर १३०, डिजेल तथा मटितेल ११३ र हवाई इन्धन प्रतिलिटर ८६ भएको निगमले जनाएको छ ।

त्यस्तै निगमले एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १४५० बनाएको छ ।

निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । त्यस्तै निगमले हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरेको जनाएको छ ।

निगमले इण्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको स्वचालित मूल्य समायोजन गरिएको बताएको छ ।

यस अघि गत असार ३० गते पनि निगमले मूल्य बढाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै