काठमाडौँ । अमेरिकी सेनाले उद्धार गरेकी अफगानी महिलाले एयर फोर्सको विमानमै बच्चा जन्माएकी छन् । जर्मनीको रामस्टेइन् एयर बेसमा विमान अवतरण गर्नेक्रममै ति महिलाले बच्चालाई जन्म दिएको सिएनएनले जनाएको छ ।
अमेरिकी एयर मोबिलिटीले एयर फोर्सको विमान२८ हजार फित माथि हुदा नै ति महिलालाई लेबर पेन भएको उल्लेख गरेको छ ।
विमान जर्मनीको रामस्टेइन् एयर बेसमा अवतरण गर्ना साथ एयर फोर्सको मेडिकल समुहको सहयोगमा विमानको कार्गो क्षेत्रमै महिलाले बच्चालाई जन्म दिएकी थिइन् । बच्चा जन्मिनासाथ आमा र बच्चालाई नजिकको अस्पतालमा लागिएको अमेरिकी एयर फोर्सले जानकारी दिएको छ ।
अहिले जर्मनीको रामस्टेइन् एयर बेस अफगानिस्तानबाट उद्धार गरेका नागरिक र कर्मचारीलाई राख्ने महत्वपूर्ण ट्रान्जिट पोवाइन्ट बनेको छ । अमेरिकाले जर्मनी र कतारलाई आधार बनाएर अफगानिस्तानबाट मानिसहरुको उद्धार गरिरहेको छ ।
अमेरिकाले जुलाईदेखि अहिलेसम्म २२ हजारको उद्धार गरिसकेको छ भने अगस्त १४ द्केही अहिलेसम्म १७ हाजरको उद्धार गरिसकेको छ । अगस्त १५ मा तालिबानले काबुल कब्जा गरेको दिन एयर फोर्सको ६४० जना क्षमताको विमानले ८२३ जनालाई राखेर उद्धार गरेको थियो ।