• २०८१ बैशाख ८ शनिबार

पूर्वमाओवादी चार नेताको रिट निवेदन न्यायाधिश डा. भट्टराईको एकल इजलासमा

kharibot

काठमाडौँ । पूर्वमाओवादी चार नेताले आफ्नो सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दा आज न्यायाधिश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको छ ।

यस अघि बिहीबार रिट निवेदन सुनुवाइका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको भएपनि 'हेर्न नभ्याइएको' ले आजको लागि पेशी तोकिएको हो ।

हाल एमालेमा रहेका  स्थायी कमिटीमा रहेका लेखराज भट्ट र टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य प्रभु साह र गौरीशंकर चौधरीले माओवादी दलमा रहँदा निर्वाचित भएको सांसद पद पुनर्बहाली माग गर्दै सर्वोच्च बुधबार रिट दायर गरेका थिए ।

रिट निवेदनमा उनीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय संसद् सचिवालय, निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

उनीहरुले सांसद पदबाट मुक्त गराउने निर्णय बदरको माग गर्दै उनीहरूले रिट दायर गरेका थिए ।

माओवादी संसदीय दलका नेता दाहालले २०७७ चैत २४ गते संघीय संसद्का महासचिवलाई पत्र लेखेर चार सांसदलाई पार्टीले कारबाही गरेको र दल त्याग गरेको जानकारी दिएका थिए । त्यसको दुई दिनपछि सभामुखले उनीहरूको पद रिक्त भएको जानकारी गराएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै