• २०८१ बैशाख ७ शुक्रबार

ट्युनिसियाका राष्ट्रपतिद्धारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त

kharibot

बर्खास्त प्रधानमन्त्री हाइचेम मेकिची

ट्युनिस । ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद निलम्बन गरेका छन् र प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेको बताइएको छ ।

ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले यहाँको संसद पनि निलम्बन गरेको बताइएको छ ।

आइतबार राति उनले यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए ।  राष्ट्रपति काइस सेइदले आइतबार राति चालेको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिएका छन् । त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उनी आफैले गरेका छन् । उनले अकस्मात गरेको सो घोषणामा अर्को प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने बताएका छन् ।

त्यसैगरी यहाँको संसद पनि उहाँले निलम्बन गरेर सबै सांसदहरुको पद स्वतह खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराएका छन् ।

आइतबार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए । उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै