• २०८१ बैशाख १२ बुधबार

तिमीलाई किन पढूँ ?

kharibot

धेरै अमिर मान्छे तिमी । करोडौ करोड सम्पत्ति छ। सुन्छु नाम छ। दाम छ। प्रसिद्धि छ । देश बिदेशमा चहलपहल छ। पुस्तक र सञ्चारमा छाएको छ।चर्चा,पर्चा र  खर्चको प्रवन्ध राम्रो छ।मेरो त आकाशको छानो छ । चहलपहल भनेको साहुको खेत, बाटो, घाँस र कोदालो हो । कोदालोको बिड भाँचिएको चिन्ता छ । बनाउनु छ, हल्केलाको ठेलाले देश । भेडा, बाख्रा, कुखुरा, गाई भैंसी सँगको बलियो दोस्ती । एक बलिस्ठ  ज्यान ।

तिम्रो पुस्तकको बिज्ञापन देखे । लाग्यो केही सिकाउँला त्यसले । पुस्तक पँढे । शब्दहरुले अति वेअर्थी बनाए । वाक्यहरुले कस्तो भ्रमित बनाए । समग्र पुस्तकको जग नै यति कमजोर छ कि शब्दलाई, वाक्यलाई अनुच्छेदलाई अप्राकृतिक रङ्गले भद्दा पोतिएको छ यस्तो लाग्छ रङ्गको नास भो त्यति मात्र होइन दुरुपयोग भयो ।

तिम्रो अनुभव, सघर्ष, समय, वास्तविकता, चाहना र सोच केही मिल्दैन म सँग । तिम्रो कहानी र जवानी मेरो लागि केश बराबर । समयको बर्बादी । बन्द गर लेखन । अँह जिउदैनौं तिमी अक्षरहरुमा । अर्कै अर्थ बनाउँछ्न शब्दले जो तिमीले सोचेका छौं त्यो बताउँदैनन् ।

अमरताको कुरा परै छोडौं । अलिखित भए बरु उत्सुक त हुन्थे नकारात्मकता त हुन्नथ्यो । तिम्रा कथा, कविता, लेख, बायोग्राफी पढेर जसरी म नकारात्मक भए अरु पनि त्यस्तै होलान । अलिखित कथा सबै भन्दा उत्तम र दिगो हुन्छ । मौनता र शब्द बिहिनता जीवनको सबैभन्दा सर्वोत्कृष्ट अभिव्यक्ति हो राम्ररी बुझ ।

नेता पढ्दा पढ्दा घायल म ।अब लेखक पनि पढ्न सक्तिन् । ब्राण्डेड लेखक, पूर्णकालिन लेखक, सिण्डिकेट लेखक, सिद्धहस्त लेखक, प्रभावित लेखक, प्रगतिशील लेखक, बौद्धिक र प्राज्ञिक लेखक । बाफ रे ! शब्द मोह, अर्थ मोह, वाक्य मोह, नक्कल मोह, बाँच्ने लोभ, नाम र दाम मोह । मोह नै मोह देख्छु किन पढूँ म तिमीलाई ।

तिम्रो लेखोटले मेरो पेट पाल्छ । नानीको आङ टाल्छ । उज्यालो टुकी बाल्छ । प्रगतिको एक कदम चाल्छ । मन शान्त गर्छ । सपना जन्माउँछ । तिमी वरिष्ठ, दिग्गज र विद्वान । के गरु त म । लेखोटको दिग्भ्रममा बाच्यौँ । झुट र भ्रमको पर्दा टाङ्यौं । तिम्रो शौखिनता र आनन्द देखेर हास्यौँ । कहाँ बाडेको छ देवकोटाले जस्तो । खै ! हिडेको छ गान्धी, किसुन जी र टेरेसाको बाटो । हात्तीको दात मात्र देखिन्छ त। नियालेर हेर्दा व्वासोको जस्तो हृदय र बादरको जस्तो माइण्ड पाइन्छ । के म सबैभन्दा माथी चड्यो भनेर बादरलाई पूजा गरुँ । के म मैमता र अंहकारको बाटो समाऊ । इमान्दारीता हराएको भ्रमित राजमार्गमा किन हिडूँ । भूलभूलैयामा फसूँ । अंह त्यो कदापि हुन दिने छैन् ।

ल एक छिनको लागि मानौं रे । तिमीले राम्रो लेख्छौं रे । तिमीले पुस्तकमा घुमाइफिराइ भएपनी संघर्ष गर्नु पर्छ भनेर त्यसको तरिका र प्रक्रिया बुझायौं भने पनि त्यो भन्दा ज्यादा त ढुङ्गा  फूटालेर उम्रेको पिपलको बोटले सिकाउँछ । धैर्यता सिकाउन खोजेको भए त्यो चट्टानलाई थाहा छ । समानता र शितलताको कुरा बुझाउन खोजेको भए रुखबाट ज्यादा सिकिन्छ । सुन्दरताको कुरा गरेको भए फूललाई र जूनलाई हेरेर प्राप्त हुन्छ ।

निरन्तरता सुझाएको हो भने त्यो त हामीलाई खोलाले नदिले बर्षौ देखि सिकाइरहेछ । हरपल हरक्षण खियाउदै बगाउदै बग्दै समून्द्रमा पुगेर शान्त हुन्छ । निशब्द हुन्छ । शून्य हुन्छ । एकता र सामूहिकपन सिकाउन खोजेको भए तिमीलाई कोटेरो, फिस्टो, कमिला र माहुरीहरुले ज्यादा सिकाउछ्न् । स्वतन्त्रता सिकाउन खोजेको हो भने चराले पखेटा फिजाएर उडान भरेजस्तो पक्कै नहोला । भक्ती, अनुसासन र इमानदारीता त्यो त कूकूरले बडो गजवले सिकाउँछ । प्रतिफल, सादगिपन र स्वभिवानमा लगेर कुरा टुङ्याउछौँ भने त्यो गाइलाई हेरेर सिके पुग्छ । प्रकृतिका प्रत्येक बस्तु, घटना र नियमले हामीलाई सिकाइरहन्छ । यसरी बर्षौ देखि सिकिरहेको छ भने तिम्रो निम्सरो लेखोट किन पढूँ र समयको बर्बाद गरु ।

तिमीले कथा लेख्यौ भने महाभारत र पुराणबाट, राजनिती चाडक्यबाट, प्रेरणात्मक लेख गीताबाट, नयाँ हो भने त्यो अनुभवबाट लेख्दा रहेछौँ । लेखनमा मसला मिलाएर गरिस्ठ बनाउँदा रहेछौं । पुरै अजिण र अपच हुने गरि किन सेवन गरू म ।

पढ्नु भनेको जानकारी लिनु रहेछ । त्यो भन्दा पर ज्ञान र अझ पर प्रज्ञान हुदो रहेछ । प्रज्ञानको यात्रा गर्नु छ तिमीबाट कसरी पुग्नू । यहाँ ज्ञानको उत्पादन नै शून्य छ । शून्यको न शूरु हुन्छ न त अन्त्य नै । खाली अध्ययन गर्न तिम्रो के गरुरी । तिम्रो नाम, दाम र प्रसिद्धिमा के छ र म पछि लागौँ।जवकी तिम्रो अनुहार शान्त र मुस्कान छैन् भने ।

तिमीबाट शैली सिक्ने होइन,यदि त्यसो गरे तिमी नै होइन्छ त्यो चाह छैन् मलाई । यहाँ प्रत्येक मानिस खास र विशिष्ट छ्न्। त्यो आफै बिकास हुने कुरा भयो। त्यो आ- आफ्नो हुन्छ। यहाँ अनुकरणीय केही छैन्। चौथो आयाम समयले हामीलाई प्रतिक्षण परिवर्तित गराउँछ।तिमीबाट न बिषयबस्तु ,न शैली, न भविष्यको तयारी, न त अभ्यास नै  गर्न मिल्यो । लिम्रो लेखोटबाट बरु उल्टै साइड इफेक्टको सिकार पो हुँइदो रहेछ।त्यसैले तिमीलाई म किन पढूँ। यो मेरो नियमित र निरन्तर तिमीप्रती गरिने प्रश्न हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै