• २०८१ बैशाख ७ शुक्रबार

खाना पकाउने ग्याससहित इन्धनको मूल्य बढ्यो

kharibot

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित इन्धनको मूल्य बढाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको दाबी गर्दै निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरि ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोल, डिजेल र मटितेलमा २-२ रुपैयाँ बढाउने निर्णय गरेको हो । 

नयाँ मूल्यसूची अनुसार निगमले प्रतिसिलिण्डर ग्यासमा २५ रुपैयाँ बढाएर १४ सय २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ वृद्धि गरेर १ सय २९ रुपैयाँ, डिजेल र मटितेलमा २/२ रुपैयाँ वृद्धि गरेर १ सय १२ रुपैयाँ कायम गरेको छ ।

यस्तै, निगमले हवाई इन्धनतर्फ पनि मूल्य समायोजन गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ वृद्धि गरे ८४ रुपैयाँ, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ डलरले वृद्धि गरेर ७ सय ५४ रुपैयाँ कायम गरेको जनाएको छ ।

मूल्य बढेपछि निगमको पाक्षिक घाटा ९१ करोड ३५ लाख हुने निगमको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै