काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव-इन्जिनियरलाई ३० हजार घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारले सव-इन्जिनियर राजन पासवानले भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग ३० हजार घुस लिएको अवस्थामा पक्राउ गरेको जनाएको छ ।
आयोगमा हाल थप अनुसन्धान गरिरहेको जनाएको छ ।